विद्युत् प्राधिकरणमा रहेको मन्त्रीको कार्यकक्ष तत्काल बन्द गर्न कुलमानको निर्देशन


काठमाडौं, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा रहेको मन्त्रीको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उक्त स्थानलाई प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न उनले निर्देशन दिएका छन् ।

निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणमा मन्त्रीको कार्यकक्ष सञ्चालनमा ल्याएका थिए । मन्त्री भएको भोलिपल्टै कुलमानले उक्त कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।