कोटेश्वरको भाटभटेनीमा जलेको अवस्थामा एक जनाको शव फेला


काठमाडौं, १ असोज । कोटेश्वरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा जेलको अवस्थामा एक जनाको शव फेला परेको छ । उक्त शव रामेछाप खाँडादेवी गाउँपालिका–६ घर भई ललितपुरको च्यासल डेरा गरी बस्ने २२ वर्षीय विकास रसाइलीको रहेको बताइएको छ । जेन–जी आन्दोलनको क्रममा गत भदौ २४ गते कोटेश्वरस्थिति भाटभटेनीमा आगजनी भएको थियो ।

प्रहरीका अनुसार भाटभटेनीमा जलेको अवस्थामा अस्थिपञ्जरमात्र फेला परेको हो । भाटभटेनीको चौथा तलामा उनको शव फेला परेको हो । प्रहरीले उनको शवसँगै एउटा मोबाइल पनि फेला पारेको थियो । सोही मोबाइलमा भएको सीमकार्डको आधारमा प्रहरीले मृतकको पहिचान गरेको हो । शव पोष्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।