काठमाडौं, १ असोज । दलितका लागि दलित अभियानका संयोज खगेन्द्र सुनारले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको वर्तमान अन्तरिम सरकारमा दलित समुदायको न्यायोचित प्रतिनिधित्वको माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले समानुपातिक समावेशी उपस्थितिलाई ध्यान दिएर गरिब, दलित, मधेशी, महिला, जनजाति सबैको प्रतिनिधित्व रहनुपर्ने बताएका हुन् ।
‘सुशीला कार्कीज्यूको नेतृत्वमा गठन भएको सरकारले समानुपातिक समावेशी उपस्थितिलाई, सबै समुदाय, सबै क्षेत्रको उपस्थिति रहोस् भन्ने हाम्रो बुझाइ छ । गरिब, दलित, मधेशी, महिला, जनजाति सबै, यो समाजले जे खालको विविधता बोकेको छ,’– उनले भने ।
जेन–जी आन्दोलनलाई संस्थागत गर्ने र देशलाई निकास दिने सन्दर्भमा विषय परिस्थितिमा बनेको वर्तमान सरकारमासबै समुदायको प्रतिनिधित्व रहनुपर्ने उनको माग छ । उनले आफू दलित समुदायको पतिनिधि हुनको नाताले यो सरकारमा दलित समुदायको न्यायोचित उपस्थिति रहनुपर्ने बताए । उनले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका दलित समुदायहरुले अपमान गर्नुपरेको समेत बताए ।




प्रतिक्रिया