देउवाको उपचार छाउनी अस्पतालमा, गधर्नमा गम्भीर चोट लागेपछि १२ टाँका लगाईएको छ


काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा सुधार भैरहेको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवाको पछिल्लो स्वास्थ्यबारे यस्तो ब्रिफ गरेका हुन् ।

भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा युवाहरुले देउवामाथि सांघातिक हमला गरेका थिए। देउवालाई गम्भीर चोट लागेको र १२ वटा टाँका लगाईएको छ । देउवापत्नी डा. आरजु राणामाथि पनि भौतिक आक्रमण भएको थियो ।

देउवा दम्पत्तिको स्वास्थ्यमा अहिले सुधार आएको छ । तर, चिकित्सकको निगरानीमा नै बस्नु परेकोले अझै केही दिन अस्पतालमा नै रहने बताईएको छ। खड्काले सभापति देउवाको उपचार छाउनीस्थित् नेपाली सेनाको अस्पतालमा भैरहेको जनाईएको छ । file photo