काठमाडौं, ५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा भएको घट्नाको बारेमा छानबिन गर्न न्यायिक आयोग बनाउने भएकी छिन् । यही भदौ २३ र २४ गते जेन–जी आन्दोलनको क्रममा ठूलो धनजनको क्षति भएको छ ।
पहिलो दिन भदौ २३ गते १९ जना युवाको ज्यान गएको थियो । दोस्रो दिन झनै ठूलो संख्यामा नागरिकले मृत्युवरण गर्नुपरेको थियो ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले यो घट्नाको बारेमा छानबिन गर्न आयोग गठन गर्ने भएको हो । आयोग पूर्व न्यायाधीशको नेतृत्वमा बन्ने बताईएको छ ।




प्रतिक्रिया