काठमाडौं, ५ असोज । हामी नेपालका संयोजक सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्की भेट्न सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री कार्कीले आज आफू नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको बेलामा सुदन भेट्नको लागि सिंहदरबार पुगेका हुन् । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । मन्त्रिपरिषद्मा युवा पुस्तालाई पनि समेट्नुपर्ने आवाज उठिरहेको छ । तर, अहिले आएका नामहरु हेर्दा कोही पनि युवा यो क्याविनेटमा समावेश हुने सम्भावना कम रहेको चर्चा छ । जेन–जी आन्दोलनका अगुवा बब्लु गुप्ताको नाम मन्त्री बन्ने भनेर चर्चामा छ ।




प्रतिक्रिया