काठमाडौं, असोज ६ । नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो २ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्।
शीतल निवास स्रोतका अनुसार स्वास्थ्य मन्त्रीमा नाम सिफारिस भएकी मिश्राको विषयमा प्रश्न उठेपछि उनको शपथ आज हुने वा नहुने भन्नेबारे निश्चित भइसकेको छैन् ।





प्रतिक्रिया