वरिष्ठ अधिवक्ता केसीको दाबीः सर्वोच्चमा मुद्दा दर्ता हुनेबित्तिकै यो सरकार विघटन हुन्छ


काठमाडौं, असोज ६ । वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले वर्तमान सरकार संविधानअनुसार गठन नभएको भन्दै यसको बैधानिक्तामाथी प्रश्न उठाएका छन् । नेपाली रेडियो नेटवर्ककाे नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले वर्तमान सरकार संविधानअनुसार गठन नभएकाले दैनिक कामकाजमा मात्रै सिमित हुने बताए ।

संविधानको संरक्षक र पालकको रुपमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट ल्याउनुपर्ने सरकार बाहिरबाट ल्याएकाले वर्तमान सरकारले निर्वाचनसमेत गर्न नसक्ने उनको दाबी छ । वर्तमान सरकारबारे सर्वाेच्च अदालतमा मुद्दा नपरोस् भन्ने उद्देश्यले आगजनी भएको बताउँदै उनले अहिले सर्वाेच्च अदालतमा मुद्दा दर्ता हुने भए सरकार गठन भएको भोलीपल्ट नै सरकार विगठन हुने अवस्था रहेको जनाए ।

प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले निर्वाचन गराउन नसक्ने र राज्य विहीनताको अवस्थामा राज्यका चारवटै सुरक्षा निकायले समेत काम गर्न नसकेको उनको भनाई छ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीले सिंहदरबार, संसद भवन, सर्वाेच्च अदालतलगायतका संरचनामा भएको आगलागी नियन्त्रण गर्न नसक्नु नै सुरक्षा निकायका चारवटै निकाय निस्क्रिय अवस्थामा रहेको उनको भनाई छ ।