घटस्थापनाको पहिलो दिन देशभरका पाँचवटा सडक ठप्प


काठमाडौं, असोज ६ । वर्षा र बाढीपहिरोको कारण आज देशका विभिन्न पाँचवटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङक अनसार बिहान ९ बजेसम्म अन्य सातवटा राजमार्गमा एकतर्फी मात्रै सञ्चालनमा रहेका छन् ।

प्रहरीका अनुसार आज कोसी राजमार्गको भोटखोलामा सडक पूर्ण रूपमा अवरुद्ध छ। त्यसैगरि कोसी राजमार्गकै मकालु गाउँपालिका-३ को एकुवामा पनि सडक अवरुद्ध छ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा पनि सडक अवरुद्ध छ भने अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो खसेर सडक अवरुद्ध छ।

त्यसैगरि, रसुवाको गल्छी-त्रिशूली-मैलुङ स्याफ्रु सडक, नारायणगढ मुग्लिन सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला, बागलुङको कालीगण्डकी करिडोर, नलपरासी पूर्वमा पर्ने कालीगण्डकी करिडोर, पूर्वपश्चिम राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर र रुकुम पश्चिमको मध्यपहाडी लोकमार्ग एकफर्ती रुपमा सञ्चालनमा रहेका छन् । उक्त सडकबाट यात्रा गर्दा आफ्नो लेन अनुसार मात्रै सवारी चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।