काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले हिजो (आइतबार) पाँच जनाको नाम मन्त्रीको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेकी थिईन् । हिजो साँझ प्रधानमन्त्री कार्कीले उनीहरुको नाम सिफारिश गरेकी हुन् ।
तर, स्वास्थ्यमन्त्रीमा नाम सिफारिश भएकी डा. संगिता कौशल मिश्राको नाममा भने विवाद भएपछि प्रधानमन्त्री कार्यालयले उनको नाम होल्ड गर्न शीतलनिवासमा सन्देश प्रवाह गरेको छ । मिश्राविरुद्ध अख्तियारमा छानबिन भैरहेको भन्ने आरोप छ । मिश्राको नियुक्तीको सवालमा अख्तियारले पनि चासो राखेको बताईन्छ ।
उनीविरुद्ध छानबिन सकाएर मुद्दा दर्ताको प्रक्रिया अघि बढेको सन्देश राता घरबाट पनि प्राप्त भएपछि प्रधानमन्त्री कार्की उनको नियुक्तीको विषयमा रोकिएकी हुन् । उनको ठाउँमा कसलाई ल्याउने भनेर प्रधानमन्त्री कार्कीले आज विहानैबाट छलफल गरेकी छिन् । मन्त्रीहरुको शपथ आज दिउँसो ३ बजेलाई शपथ तय भएको भनिएको छ ।




प्रतिक्रिया