संगिता मिश्रामाथि केही थान बिचौलियाहरूले निराधार आरोप लगाए : अमरेशकुमार सिंह


काठमाडौं, ६ असोज । पूर्व सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री बन्न लागेकी डा. संगिता कौशल मिश्रामाथि कोही थान विचौलियाहरुले निराधार आरोप लगाएको दाबी गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याविनेटमा स्वास्थ्य मन्त्रालयको जिम्मा दिएर डा. मिश्रालाई नियुक्तीको लागि सिफारिश गरेपछि अहिले मिश्राको नाममा विवाद उत्पन्न भएको समाचार आएका छन् । मिश्रामाथि अीख्तयारले छानबिन गरिरहेको आरोप छ । यही आरोपका कारण प्रधानमन्त्री कार्कीले उनको नाम मन्त्री नियुक्त नगर्न भनेर होल्ड गरेको समाचार आएपछि पूर्व सांसद सिंहले यस्तो लेखेका हुन् ।

उनले फेशबुकमार्फत मिश्रालाई बदनाम गर्न तथाकथित आरोपहरु लगाईएको दाबी गरेका छन् । उनले लेखेका छन्–

स्वास्थ्यमन्त्री बन्न लागेकी डाक्टर संगीता मिश्र माथी स्वास्थ्य सेवा बिभाग मा बर्सौ देखि रजगज चलाएका केही थान बिचौलियाहरु ले निराधार आरोप लगाएका छन। बिभागमा बर्सौ देखि खरिद प्रक्रियामा आफ्नो रजगज चलाउने बिचौलिया हरुको निन्दहराम गरेबापत नै संगीता मिश्रलाइ सचिब बन्न बाट रोकेको थियो ।आज फेरि त्यही सलबलाएका छ्न र डाक्टर संगीतालाइ बदनाम गर्न तथाकथित आरोप हरु लगाएका छ्न । डा।संगीता एक कुशल नेतृत्वकर्ता हुन। उनि भ्रष्ट भएको भए पहिले नै सचिब बन्न सक्थिन। उनको नियुक्ति बाट कांग्रेसका केही नेताहरू पनि आफ्नो कुकृती उजागर हुने डरले अतालिएका छ्न।