काठमाडौं, ६ असोज । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्पसनले अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग भेटवार्ता गरेका छन् । आज (सोमबार) अर्थ मन्त्रालय पुगेर थम्पसनले अर्थमन्त्री खनालसँग भेटवार्ता गरेका हुन् ।
सो अवसरमा अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच नेपालको हालको परिवर्तित अवस्था र अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भएको बताइएको छ । राजदूत थम्पसनले एमसीसीको सहयोगमा सञ्चालित परियोजनाहरु समयमै सम्पन्न गर्ने कार्यमा नेपाल सरकारको थप प्रतिबद्धता आवश्यक रहेको पनि बताएका छन् ।
सो क्रममा अर्थमन्त्री खनालले एमसीसी परियोजनाहरुको सफल कार्यान्वयनका लागि सरकारको तर्फबाट गर्नुपर्ने कार्यहरूमा ढिलाइ नहुने विश्वास दिलाएको बताइएको छ ।




प्रतिक्रिया