काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। आज चार जना मन्त्रीहरुले शपथ लिएसँगै उनी नेतृत्वको मन्त्रिपरिषद्मा ७ जना मन्त्रीहरु भएका छन् । मन्त्रिपरिषद्को पहिलो वरियतामा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल नै छन् ।
दोस्रो वरियतामा उर्जामन्त्री कुलमान घिसिङ र तेस्रो वरियतामा गृहमन्त्री ओमप्रकाश अर्याल छन् । चौथो वरियतामा भने उद्योगमन्त्रीमा नियुक्त अनिलकुमार सिन्हालाई राखिएको छ । सिन्हा सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन् । पाँचौ वरियतामा शिक्षामन्त्री महावीर पुन, छैटौंमा कृषिमन्त्री डा. मदनकुमार परियार र सातौं वरियतामा सञ्चारमन्त्री जगदीश खरेल छन् ।





प्रतिक्रिया