काठमाडौं, ६ असोज । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी पाँच महिनाभित्र देशका प्रमुख दश वटा सहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।
शपथग्रहणपछि सिंहदरबारस्थित् मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खरेलले गरेको यो पहिलो निर्णय हो । अब यो निर्णयअनुसार काठमाडौं उपत्यकाबाहिरका प्रमुख १० वटा सहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध हुने भएको छ।




प्रतिक्रिया