काठमाडौं, ७ भदौ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलानजिकै सुख्खा पहिरो खसेको छ । सुख्खा पहिरो खसेको कारण उक्त सडक खण्ड अवरुद्ध भएको छ । सो सडक खण्ड खुलाउन दुई दिन लाग्न सक्ने सडक विभागको अनुमान रहेको छ ।
सडक विभागका प्रवक्ता प्रभात कुमार झाले वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेका छन् । उनले भने तत्काल पहिरो हटाउन नसकिने र पहिरो हटाउँदै दुई दिन लाग्न सक्ने बताए । उक्त पहिरोमा कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।




प्रतिक्रिया