काठमाडौं, ८ असोज । हामी नेपालका संयोजक सुदन गुरुङले जेन-जी पुस्ताको नयाँ दल जन्मिने घोषणा गरेका छन्। जेनजी आन्दोलनपछि पहिलोपटक हिजो (मंगलबार) ऋषि धमलासँगको भिडिओ अन्तर्वार्तामा संयोजक गुरुङले यस्तो घोषणा गरेका हुन् । यद्धपी उनले पार्टीको नाम के राख्ने भनेर अहिले तय नभएको स्पष्ट पारे ।
उनले भने,‘अब जेनजी पुस्ताको नयाँ पोलिटिकल पार्टी जन्मन्छ । पार्टीको नाम के हुन सक्छ, त्यो सबैजनाको सल्लाह लिनुपर्छ । आगामी निर्वाचनमा नयाँ पार्टी खोलेर हामी भाग लिन्छौं । नयाँ नेपाल बनाउन हामी सक्षम छौं भनेर देखाउँछौं ।’ उनले आफू र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँग अहिलेसम्म भेट नभएको खुलासा गरे ।
तर, युवा भएको कारण आफूहरुले सपोर्ट गरेको उनको दाबी छ । राजनीतिक दलहरु लडिरहँदा बालेन शाह एक्लो उम्मेद्वार हो जो स्वतन्त्र उठेको कारण आफूहरु प्रभावित भएको उनको तर्क छ । स्वतन्त्र चुनाव लडेर जितेर बालेन शाहले नयाँ आशा जगाएको उनको दाबी छ । उनले भने,‘उहाँले जुन बाटो कोर्नुभयो, त्यो बाटोमा हामी पनि अहिले हिँडिरहेका छौं ।’




प्रतिक्रिया