काठमाडौं, ८ असोज । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो दलको आज (बुधबार) बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
समर्थन फिर्ता लिएसँगै आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउनको लागि गृहकार्य गर्ने निर्णय लिएको छ । अहिले मधेश प्रदेश सरकारको नेतृत्वमा जनमत पार्टीका सतिशकुमार सिंह छन् ।
मुख्यमन्त्री सिंहलाई पार्टीले फिर्ता बोलाउने निर्णय लिइसकेको छ । तर, सिंहले भने आफूले संघीयता जोगाउनको लागि पनि राजीनामा नदिने र प्रदेशसभामा विश्वासको मत लिने भनेका छन् । file photo




प्रतिक्रिया