काठमाडौं, ९ असोज । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले पार्टी पुनर्गठनको अभियान सुरु गरिसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने नेपाली बहसमा पत्रकार ऋषि धमलासँगै कुरा गर्दै उनले देशको पछिल्लो अवस्था र जेनजी युवापुस्ताको माग अनुसार पार्टी पुनर्गठनको प्रक्रिया अघि बढेको बताएका हुन् ।
उनले भने, “अहिले देश संकटको अवस्थामा छ । हामीले पार्टी पुर्नर्गठनको अभियान सुरु गरिसकेका छौ । आज र भोली बस्ने केन्द्रीय समितिको बैठकमा पनि यस विषयमा छलफल गर्दैछौ । युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न बिधि बनाएरै अघि बढ्दै छौ ।’
आगामी मंसिरमा हुने महाधिवेशनसम्म पार्टी नेतृत्वमा युवाको सहभागिता हुने विषयमा पार्टी भित्र क्रम भङ्गता सुरु भएको उनले जानकारी गराए । महाधिवेशनसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै नेतृत्वमा रहने उनको भनाई छ । अहिले महाधिवेशनलाई टुङ्गोमा पु¥याएर ठिक ढङ्गले अघि बढ्नुपर्ने अवस्था रहेकाले महाधिवेशन अघि नेतृत्व हस्तान्तरणको मुद्दा उठ्न नहुने उनको भनाई छ ।
उनले भने, ‘अहिले एक जना नेता नेतृत्वबाट हटेर अर्काे नेता नेतृत्वमा आउदा समस्याको समाधान हुँदैन् । अहिले सबै कमिटी भङ्ग गरेर प्रचण्डकै संयोजकत्वमा महाधिवेशनमा जाऔँ, महाधिवेशनबाट नेतृत्व छनौट गरौँ ।’
अहिले एक जना नेता हटेर अर्काे नेता नेतृत्वमा जाँदा समस्याको समाधान नहुने र प्रचण्डले आफू नै अध्यक्ष हुनुपर्छ भन्ने अडान नराखेकाले जेन-जी पुस्ताको माग अनुसार माओवादी अघि बढ्ने उनको भनाई छ ।
प्रचण्ड सुरुदेखि नै सुशासन र भ्रष्ट्राचार मुक्त समाजको पक्षधर भएकाले वर्तमान अवस्थाको समिक्षा गरेर माओवादी नयाँ शिराबाट अघि बढ्न खोजेको उनले बताए ।




प्रतिक्रिया