मन्त्रिपरिषद्को बैठक बस्दै, त्यसपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौं, असोज ९ । आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले आज पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएपछि भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएकी पूर्व प्रधानन्यायाधीश कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ।