काठमाडौं, ९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा आवद्ध दलहरुबीच एकताको प्रक्रिया अगाडि बढिसकेको बताएका छन् । आज (बिहीबार) देखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग चाँडै एकता हुनसक्ने बताए ।
्संविधान र लोकतन्त्रको रक्षा गर्नको लागि अन्य शक्तिसँग पनि सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले मोर्चामा आबद्ध दलहरूसँग ध्रुवीकरणको प्रक्रिया अघि बढेको जानकारी गराए । उनले विशेष महाधिवेशनभन्दा अगाडि नै एकता महाधिवेशन गर्नुपर्ने परिस्थिति बन्न सक्ने पनि बताए । उनले केन्द्रीय कमिटी भंग गर्ने प्रस्ताव पेश गर्दै आगामी मंसिरमा विशेष महाधिवेशनको प्रस्ताव राखेका छन् ।
समाजवादी मोर्चामा माओवादी केन्द्रसहित माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी आवद्ध रहेका छन् ।




प्रतिक्रिया