कात्तिक २१ गतेदेखि २३ मा स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलन


काठमाडौं, ९ असोज । आगामी कात्तिक २१ गतेदेखि २३ गतेसम्म स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सम्मेलनबारे जानकारी गराइएको हो । सम्मेलनमा देशभरका स्वतन्त्र नागरिक, विज्ञ, सामाजिक अभियन्ता र युवा पुस्ताको सहभागिता रहने बताइएको छ ।

सम्मेलनमा वर्तमान राजनीतिक संकट, सुशासन, पारदर्शिता र दीगो विकासका लागि वैकल्पिक नीति तथा रणनीतिहरुमाथि बहस हुने बताइएको छ । त्यस्तै, स्वतन्त्र नागरिकहरुले दक्षता र योग्यता नभएका र दलगत नियुक्ति भएका राजदूतहरु फिर्ता बोलाइनुपर्ने, दलगत संगठनहरुको खारेजी हुनुपर्ने, स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरुको सुनिश्चितता हुनुपर्ने, संवैधानिक नियुक्तिहरु तत्काल खारेजी र प्रणाली सुधार हुनुपर्ने, जेन–जी आन्दोलनमाथि दमन गर्ने दोषीहरुमाथि कारबाही हुनुपर्ने, भ्रष्टाचारविरुद्ध कठोर कदम चालिनुपर्नेलगायतका एजेण्डाहरु अगाडि सारेको छ ।