जेन-जी आन्दोलनका अगुवा अर्जुन शाहीलाई मन्त्री बनाउन बालुवाटार सकारात्मक


काठमाडौं, ९ असोज । जेन-जी आन्दोलनका अगुवा अर्जुन शाहीलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी गराउनेगरि गृहकार्य थालिएको छ । शाही गत भदौ २३ गतेको जेनजी आन्दोलनको अगुवामध्ये एक हुन् ।

लामो समयदेखि देशमा व्याप्त भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै आएका शाहीलाई जेन जी आन्दोलनका अरु अगुवाले पनि मन्त्रीको लागि साझा व्यक्तिको रुपमा प्रस्ताव गरेको बताईन्छ ।

युवाहरुको भावनालाई समेट्नेगरि प्रधानमन्त्री कार्की पनि शाहीलाई आफ्नो क्याविनेटमा सहभागी गराउन सकारात्मक रहेको विशेष सूत्रले दाबी गरेको छ ।