झण्डै ५८ घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक, गन्तव्यतर्फ लागे सयौं सवारीसाधन


काठमाडौं, १० असोज । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ। मंगलबार खसेको पहिरो पन्छाएसँगै बिहीबार रातीदेखि दुईतर्फी रूपमा सडक सञ्ञ्चानमा आएको हो।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिउँसो १ बजेदेखि अवरुद्ध भएको सडक दुई दिन लगाएर पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो। अवरुद्ध सडक खुलाउनन बुधबार, बिहीबार नारायणगढ र मुग्लिन दुवैतर्फबाट ६ वटा मेसिन प्रयोग गरी पहिरो हटाउने कामलाई तीव्रता दिइएको थियो।

शुक्रबार साँझ साढे ६ बजे गएको पहिरो झण्डै ४६ घण्टापछि हटाएपछि सडक सञ्चालनमा आएको थियो। पुनः मंगलबार पनि दिउँसो एक बजेदेखि निरन्तर पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। ठुलो पहिरो भने साँझ ४ः५५ बजे ठुलो पहिरो गएको थियो।

सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। मंगलबार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेको थियो। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन्।

सडकमा गत एक सातादेखि मालवाहक सवारी रोकिएका थिए भने यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिक रूपमा खुला भएको समय पार भएका थिए।