काठमाडौं, असोज १० । एसिया कप २०२५ को फाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार भएको खेलमा बंगलादेशलाई ११ रनले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएसँगै एशिया कप फाइनलमा भारत–पाकिस्तान आमने सामने हुन लागेका हुन् ।
यो खेल पर्सि आईतबार दुबई क्रिकेट रङ्गशालामा हुनेछ । एशिया कपका यसअघि १६ संस्करणको फाइनलमा भारत र पाकिस्तान खेलेका थिएनन् । भारतले आठ पटक एशिया कप उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक एशिया कप उपाधि जितेको छ । पर्सि हुने फाइनल खेललाई निकै महत्त्वका साथ हेरिएको छ ।




प्रतिक्रिया