ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो?


काठमाडौं, असोज १० । आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख २२ हजार पाँच सय रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला दुई हजार सात सय ४० रुपैयाँ पुगेको छ।

हिजो (बिहीबार) सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला दुई हजार छ सय ८५ रुपैयाँ तोकिएको थियो। एकै दिनमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ र चाँदीको मूल्य ५५ रुपैयाँले बढेको महासंघले जनाएको छ।