काठमाडौं, १० असोज । मिरज ढुङ्गानाको नेतृत्वमा प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ताका लागि जेन–जी टोलीहरु बालुवाटार पुगेका छन् । प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा गरेको पछिल्लो सम्बोधन, कामकारबाही र जेन–जी आन्दोलनको मर्मअनुसार सरकार सञ्चालन हुन नसकेको भन्दै उनीहरुले वार्ता गर्न लागेका हुन् । वार्ता टोलीमा ढुङ्गानासहित १० जनाको समूह रहेको छ ।
अहिलेको अन्तरिम सरकारले जेन–जीको चाहनाअनुसार काम नगरेको जेन–जी अभियन्ता ढुङ्गाना बताउँछन् । वर्तमान सरकारमा जेन–जीको प्रतिनिधित्व नभएको, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रण आफूहरुको एजेण्डा रहेको भए पनि कुनै पनि काम नभएको उनको धारणा छ ।




प्रतिक्रिया