यो सरकारको म्यान्डेट नै सुशासन हो, राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइलको ‘ब्रेक-थ्रु’ हुन्छः गृहमन्त्री अर्याल


काठमाडौं, १० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको म्यान्डेट नै सुशासन रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का निरीक्षणपनि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू ‘ब्रेक-थ्रु’ हुने बताए ।

‘सबै फाइलको ब्रेक थ्रु हुन्छ। कतिपय ठाउँबाट राजनीतिक कनेक्सनका आधारमा जे कुरा रोकिएका थिए, त्यो हुँदैन अब। यो सरकारको म्यान्डेट नै सुशासन हो, सुशासनविना शान्ति सुरक्षा हुन सकिँदैन,’– उनले भने ।

मन्त्री अर्यालले केही राजनीतिक कनेक्सनको आधारमा सुशासनमा अवरोध आएको र राजनीतिक कनेक्सनको आधारमा सुशासनमा आएको अवरोध हटाउन समेत निर्देशन दिइसकिएको बताए । कतिपय अपराध अनुसन्धान, भ्रष्टाचारलगायतका विषयवस्तुमा अवरोध आएको बताउँदै उनले त्यो अवरोध हटाउनुपर्छ भनेर निर्देशन दिइएको बताए ।