काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा जारी रहेको छ । हिजो (बिहीबार) देखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सक्ने तयारी रहेको छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरूमाथि विभिन्न १० वटा समूह बनाएर छलफल भइरहेको छ । छलफलका लागि भौगोलिक ७ र गैरभौगोलिक ३ गरी १० वटा समूह बनाइएको हो ।
प्रत्येक समूहको टोली नेताले छलफलको निष्कर्ष र सुझाव बैठक हलमा प्रस्तुत गर्ने बताइएको छ । टोली नेताहरुमा बागमतीबाट सरल सहयात्री पौड्याल, कोशीबाट अजम्बर काम्आंग, मधेशबाट मातृका यादव, गण्डकीबाट हरि अधिकारी, सुदूरपश्चिमबाट हरि ज्ञवली ‘अखण्ड’, कर्णालीबाट महेन्द्रबहादुर शाही, उपत्यका विशेष प्रदेशबाट जगत सिंखडा, सम्पर्क विशेष प्रदेशबाट यशोदा सुवेदी र प्रवास÷आयोगबाट आर.बि खड्का रहेका छन् । टोली नेताले आफ्नो समूहको छलफलको सार हलमा पुस्तुत गरेपछि अध्यक्ष प्रचण्डले जवाफ दिनेछन् ।




प्रतिक्रिया