काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ ले देश नै अप्ठ्यारो अवस्थामा गुज्रिरहेको बेलामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प खोज्न नहुने बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्नो धाररणा राख्दै पासाङ प्रचण्डको पक्षमा उभिएका हुन् ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की लगायतले नेतृत्व छाड्न प्रचण्डलाई दवाब दिइरहेका छन् । माओवादी केन्द्रमात्रै नभएर अहिले देश नै अप्ठ्यारो अवस्थामा गुज्रिरहेको भन्दै उनले प्रचण्डको विकल्प नखोज्न आग्रह गरे । पूर्व उपराष्ट्रपतिसमेत रहेका पासाङलाई प्रचण्डले नै उपाध्यक्ष बनाएका हुन् । पासाङ सक्रिय राजनीतिमा आउँदा निकै आलोचना भएको थियो ।




प्रतिक्रिया