काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले अध्यक्ष पुष्पकमल दाहालले अघि सारेको प्रस्ताव सही भएको बताएका छन् । पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा आज बोल्दै उपमहासचिव पुनले अहिले नेतृत्व परिवर्तनको बहस उठेपनि आन्दोलन बाटोमा नै छोडेर जान नसकिने भन्दै नेतृत्व परिवर्तनको विधिको विषयमा बहस हुनुपर्नेमा जोड दिए ।
उनले अध्यक्ष प्रचण्डले कार्यकारी भूमिका छोड्छु भन्नु समाजवादी आन्दोलनको अगुवाई गर्न छोड्छु भनेर नभनेको भन्दै उनले बचाउ गरे । उनले छलफल र बहसमार्फत विधि बनाएरमात्र क्रमभंग गर्न सकिने धारणा राखे । उनले दलाल पुँजीवादलाई कसरी समाप्त गर्ने र राष्ट्रिय आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा जवाफ खोज्नुपर्ने बताए ।
प्रचण्डले आफ्नो नेतृत्वमाथि उठेको प्रश्नको जवाफ अब जवाफ दिएर वा स्पष्टीकरण दिएमात्रै नहुने भन्दै एक्सनबाट नै दिने भन्नु सकारात्मक रहेको पुनको भनाई छ । उनले नेतृत्वको परीक्षा संकटको घडीमा हुने भन्दै अहिले आन्दोलन छोडेर भाग्ने कुरा गर्न नहुने भन्दै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे । उनले विचार मिल्ने दलहरुसँग छिट्टै एकता हुनेपनि विश्वास दिलाए । file photo




प्रतिक्रिया