काठमाडौं, १० असोज । नेकपा (एमाले) का युवा नेता गुरुप्रसाद भट्टराईले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेन–जी आन्दोलन प्रकरणमा जेल हालिनुपर्ने बताएका छन् । जेन–जी आन्दोलनको क्रममा मृत्यु भएका ७५ जनामध्ये ५६ जना मर्नुमा रवि र बालेनको हात रहेको उनको दाबी छ । उनले भदौ २३ गते १९ जना सरकारको तर्फबाट मरिएको र बाँकी मृतकको जिम्मेवार रवि र बालेन रहेको बताएका छन् ।
‘भदौ २३ गते १९ जना मरे, सरकारले मार्यो, प्रहरीले मार्यो भन्ने बुझियो । तर मान्छे त ७५ जना मरेका छन् । २४ गते बाँकी ५६ जना मार्ने रवि र बालेनहरु हुन् । यिनीहरुलाई गिरफ्तार गरेर जेल हाल्नुपर्छ,’– उनले भनेका छन् ।
रास्वपाका सभापति लामिछाने भने हाल नख्खु कारागारमा थुनामा नै छ । सहकारी ठगी प्रकरणमा उनी विगत चार महिनादेखि थुनामा छन् ।




प्रतिक्रिया