काठमाडौं, १० असोज । पूर्व राष्ट्रपति एवं नेकपा (एमाले) कि नेतृ विद्यादेवी भण्डारीले नेताहरुले बाहिर धेरै बोल्ने र आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने अवस्था रहेको बताएकी छन् । समसामयिक राजनीतिक विषयमा आफ्ना कुरा राख्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलक्षित गर्दै उनले यस्तो आलोचना गरेकी हुन् । नेताहरुले आफ्नो दलको मर्म र भावनाअनुसार काम गर्न सक्नुपर्नेमा उनको जोड छ ।
‘दलका नेताहरुले पनि बाहिर चाहिँ धेरै बोल्ने, आफ्नो पार्टीभित्र चाहिँ केही पनि गर्न नसक्ने । यो तरिकाको चाहिँ आज मेरो सार्वजनिक नै आलोचना छ । त्यसैले तपाईँहरुले सबैको कुरा सुन्नुपर्छ । हामीले हाम्रो पार्टीको मर्म र भावनाअनुसार काम गर्न सकेको छ कि छैन ? यो कुरा बुझ्नुपर्छ,’– उनले भनिन् ।
साथै, नयाँ पुस्ता कसरी आइरहेको छ ? नयाँ पुस्ताको मनोभावना के छ ? उनीहरुका मागहरु के छन् र त्यसलाई राष्ट्रले कसरी सम्बोधन गर्न सक्छ भन्ने कुरामा राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उनको भनाइ छ ।





प्रतिक्रिया