काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले हिजोबाट सुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरुको जवाफ दिन सुरु गरेका छन् ।
हिजोबाट सुरु भएको बैठक आज समापन गरिने भएको छ । बैठकमा नेताहरुसम्मलित समूहको साझा निष्कर्ष सुनेपछि अध्यक्ष प्रचण्डले अहिले जवाफ दिन थालेका छन् । केन्द्रीय कमिटी बैठकमा यसपटक अध्यक्ष दाहालको प्रस्तावसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पनि छुट्टै प्रस्ताव पेश गरेका थिए ।
सचिव राम कार्कीले पनि छुट्टै प्रस्ताव पेश गरेको बताईएको छ । प्रचण्डले पार्टीको विशेष महाधिवेशन आगामी मंसिरभित्रै गर्नेगरि पार्टीका सबै कमिटी भङ्ग गर्ने प्रस्ताव राखेका छन् ।
बैठकमा भाग लिएका अधिकांश केन्द्रीय सदस्यहरुले प्रचण्डको विकल्प अहिले नभएको तर्क गरेका छन् । उनीहरुले प्रचण्डको विकल्प खोज्नेहरुलाई सडकको आवाज नबोल्न र पार्टीभित्रैबाट विधि बनाएर हल खोज्न चेतावनी दिएका छन् ।





प्रतिक्रिया