काठमाडौं, असोज ११ । एमाले युवा नेतृ उषाकिरण तिम्सिनाले केपी शर्मा ओलीको नेतृत्वलाई जनताले अनुमोदन नगर्ने बताएकी छन् । पछिल्लो राजनीतिक परिदृश्यले पार्टीमा ७० वर्ष उमेर विताईसकेका र वि.स २०४८ सालदेखि निरन्तर सत्तामा रहेको नेतृत्व परिवर्तन गरौ भन्ने संदेश दिएकाले वर्तमान पार्टी नेतृत्वको औचित्य समाप्त भइसकेको उनले बताईन् ।
नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने नेपाली बहसमा पत्रकार ऋषि धमलासँगै कुरा गर्दै उनले वर्तमान समयमा युवाहरु परिवर्तनको पक्षमा उभिएकाले प्रमुख राजनीतिक दलका पुराना नेताहरुले युवालाई बाटो खुला गरेर सहयोग गर्नुपर्ने बताईन् ।
उनले भनिन्, ‘हिजो हामीले नेतृत्व परिर्वतन गर्न नसक्दा आजको अवस्था आएको हो । अव पनि कोही एक जना नेतालाई भगवान मानेर हिड्यौँ भने पार्टीमा पञ्चायती व्यवस्था कायमै रहन्छ । अझैपनि पार्टी नेतृत्वले मेरो विकल्प छैन भन्नु गणतन्त्रलाई संकटमा पार्ने काम हो ।”
एमाले अध्यक्ष ओली मात्रै नभए पुराना सबै राजनीतिक दलले नेतृत्व परिर्वत गर्न आवश्यक रहेको बताउँदै उनले अहिलेको नेतृत्वले इमान्दारिता, दुुरर्दर्शिता, पारदर्शीता र देशको आवश्यकता अनुसार काम नगर्नुको परिणाम भोगी रहेको बताईन् ।
जेनजी ओन्दोलनले ल्याएको परिवर्तन दलका नेता र दल एकातर्फ तथा समाज अर्काेतर्फ हुँदाको परिणाम रहेको बताउँदै राजनीतिक बेतिथिकै कारण देशका धरोहर, सांस्कृतिक सम्पदा, संसद, अदालत मात्रै नभएर आफ्नौ छिमेकीको घर बचाउन नसकिएको उनको भनाई छ ।
ओन्दोलनले पु¥याएको क्षतिको नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने बताउँदै उनले अवको नेतृत्वको व्यक्तिगत र राजनीतिक जिवन प्रष्ट भएको हुनुपर्ने बताईन् । नेकपा एमाले, मोओवादी केन्द्र र नेपाली काँग्रेसका नेताहरुको बदलिदो जिवनशैली जनताले नजिकबाट नियालीसकेकाले अवको राजनीति प्रदुषण मुक्त हुनुपर्ने उनको भनाई छ ।




प्रतिक्रिया