काठमाडौं, ११ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशैं–तिहारको अवसरमा शिक्षक तथा विद्यालय कर्मचारीको तलब निकासा नगर्ने विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र स्थानीय तहलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयबाट विद्यालयहरुलाई पहिला नै तलब पठाइसकिएको जानकारी गराउँदै उनले भोलिसम्म तलब निकासा गर्न भनेका छन् ।
‘तलब नखुवाउने प्रअहरुलाई सुचना–दशैं तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर धेरै गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरुमा पठाई सकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपुर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ,’– उनले भनेका छन् ।




प्रतिक्रिया