काठमाडौं, ११ असोज । ज्योतिष हरिहर अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्योतिषीय मार्गदर्शन गरेका छन् । उनले अहिलेको अवस्था र देशको हितमा केही मार्गदर्शन गर्नु आफ्नो जिम्मेवारी भएको भन्दै प्रधानमन्त्री कार्कीलाई चार बुँदामा सुझाव दिएका छन् । पहिलो मार्गदर्शन भने हरेक दिन बिहान आफ्नो कार्य प्रारम्भ गर्दा प्रधानमन्त्री कार्यालयमा शहीद दाजुभाइ–दिदीबहिनी र यस वर्षको राजा ग्रह सूर्यलाई सम्झेर दियो बालिदिन भन्ने छ ।
यस्तै, आफ्नो कार्य गर्दा केवल पूर्व–उत्तर दिशामा फर्केरमात्र गर्नपनि उनले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । प्रधानमन्त्रीलाई हरेक दिन केही न केही पहेलो रंगको प्रयोग गर्न अधिकारीको आग्रह छ । यस्तै, चौथो सुझावमा यदि प्रधानमन्त्री कार्यालयमा उत्तर–पूर्व वा दक्षिण–पूर्व दिशामा शौचालय छ भने कोठा परिवर्तन गर्न भनेक छन् । अन्यथा गलत निर्णय लिन सकिने उनको सुझाव छ ।
उनले आफूले दिएको मार्गदर्शन पालना गर्नु वा नगर्नु प्रधानमन्त्रीको निजी विचार भएको पनि स्पष्ट पारेका छन् ।




प्रतिक्रिया