मोबाइल हराएपछि समाजिक सञ्जालमा हराएका हर्क साम्पाङ नयाँ मोबाइल किनेर पुनः सक्रिय


काठमाडौं, असोज १२ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा पुनः सक्रिय भएका छन्। मोबाइल हराएका कारण केही समय निष्क्रिय रहेका उनले अर्को डिभाइसबाट सामाजिक सञ्जालमा पुनः सक्रियता देखिएका हुन् ।
यसबिचमा उनले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागदेखि ऊर्जा मन्त्री कुलमान घिसिङको निर्णयको विरोध गरेका छन्। जेन(जीका माग पूरा गर्न नसकेको भन्दै मेयर साम्पाङले प्रधानमन्त्री कार्कीको राजीनामा मागेका हुन्।

उनले लेखेका छन्, ‘सुशीला जी, तपाईंले जेन(जीको मर्मअनुसार काम गर्न सक्नुभएन। राजीनामा दिनुस्। म गर्छु उनीहरूको माग एक(एक गरेर पूरा१’ आफू नेतृत्व लिन र जेन(जीका माग पूरा गर्न सक्षम भएको उनको दाबी छ। उनले अर्को स्ट्याटस लेखेका छन्, ‘अहिलेको सरकारले भ्रष्टाचार छानबिन गर्छ भने सबैभन्दा पहिले प्रधानमन्त्री र मन्त्रीहरू आफैंबाट सुरु गर्नुपर्छ। बिना स्रोतको सम्पत्ति राखेको पाइए पुष्टि भए आफैंलाई हतकडी लगाउने हिम्मत गर्नुपर्छ अनि मात्र अरूतिर लम्कँदा राम्रो होला।’

त्यस्तै, ऊर्जा मन्त्रीले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन निर्देशक हितेन्द्र शाक्यलाई हटाएको कुराको पनि उनले विरोध गरेका छन्। उनले लेखेका छन्, ‘हितेन्द्रलाई निकाल्नुभन्दा पनि देश र जनताको लागि कजाउनुपर्ने थियो। यस्तो प्रतिशोधको भावनाले निको गर्दैन। हामी बदला होइन बदलावको पक्षमा उभिनुपर्छ। गलत चाल कुलमान जी।’

उनले आफ्नो हराएको मोबाइल खोल्ने बित्तिकै चोर्ने व्यक्ति पक्राउ पर्ने चेतावनी दिँदै तत्काल फिर्ता गर्न अनुरोध पनि गरेका छन्।