नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार बस्ने भएको छ । एमालेले भक्तपुरको गुन्डुमा बस्नेगरि बैठक आह्वान गरेको हो ।
बैठक दिउँसो १ बजेलाई तय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, संगठन सुदृढीकरण र भावी कार्यक्रमबारे छलफल हुनेछ ।
बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको गम्भीर समीक्षा हुने एमालेका नेताहरूले बताएका छन्। जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार मात्र सार्वजनिक कार्यक्रम देखिएका छन्।




प्रतिक्रिया