काठमाडौं, १२ असोज । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुकुमपश्चिमबाट दाङका लागि छुटेको फोर्स गाडी आज बिहान ४ बजेतिर राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका ३ को चोरखोलामा दुर्घटनामा परेको हो।
रुकुमपश्चिमको बाँफीकोट गाउँपालिकाबाट दाङ घोराहीतर्फ जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा एक जना महिला र दुई पुरुष छन्। मृतकमध्ये एक जना बाँफीकोट गाउँपालिका(५ का प्रकाश केसी रहेको प्रहरीले जनाएको छ। अन्यको परिचय खुलेको छैन। घाइतेलाई उपचारका लागि नेपालगन्ज ल्याइएको छ ।




प्रतिक्रिया