काठमाडौं, १२ असोज । वीर अस्पतालका रेजिडेन्ट चिकित्सकहरूले साढे ३ महिनादेखि तलब नपाएको खुलासा भएको छ । उनीहरुले तलबविना नै साप्ताहिक रुपमा झण्डै १ सय घण्टा ड्युटी गरिराखेका छन् ।
चाडपर्वको समयमा उनीहरूलाई आर्थिक सङ्कटले पिडित बनाएको छ। तलबको माग गर्दा बरु ‘प्रोटेस्ट गर्छौ भने अन्तिम परीक्षामा फेल गराइन्छ’ भन्ने धम्की आएको रेजिडेन्टहरुले बताए ।
उनीहरूको अनुसार निरन्तर सेवा दिँदा पनि उचित पारिश्रमिक र सम्मान नपाउनु स्वास्थ्य प्रणालीकै कमजोरीको उदाहरण हो। चिकित्सकहरूले तत्काल नियमित तलब र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।




प्रतिक्रिया