भीमसेनस्थानमा भीषण आगलागी


काठमाडौं, १३ असोज । काठमाडौंको काष्ठमण्डप नजिकै भीमसेनस्थानमा भीषण आगलागी भएको छ । काठमाडौं महानगरपालिका-२० स्थित भीमसेनस्थानमा कपडा गोदामबाट शुरू भएको आगलागीमा तीन वटा घर र एउटा मन्दिरमा ओगो फैलिएको छ ।

आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरपालिकाका दमकलको सहयोगमा आगो निभाउने प्रयास भएपनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणमा ल्याउन अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी बल खटिएका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।