काठमाडौं, म्याग्दी, असोज १३ । जेनजी आन्दोलनको क्रममा प्रहरीले हानेको गोली लागेर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा उनको टाउकोमा गोली लागेको थियो । पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् । उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए ।
अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनी काठमाडौंको बालाजु औधौगिक क्षेत्रमा मजदुरी गर्दै आएका थिए ।




प्रतिक्रिया