काठमाडौं, असोज १३ । ज्योतिष सुरेश चन्द रिजालले फागुन २१ अगाडी देशमा आपत्कालीन अवस्था आउन सक्ने भविश्यवाणी गरेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने बाणि बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले जोतिषशास्त्रले खराव समयको संकेत गरेको बताएका छन् ।
उनले भने, ‘अहिले नवरात्रको समयलाई हेरेर धेरै आंकलन गर्न सकिन्छ । वि.सं २०८२ साल आशा, भरोसा र परिवर्तनको वर्ष हो । सरकारले फागुन २१ गते निर्वाचन गर्ने तयारी गरेपनि यो बीचको समय उत्तम छैन् । ग्रहणको योगका कारण फागुन २१ गते चुनाव हुने सम्भावना न्यून देखिन्छ ।’
विषम परिस्थितिमा सरकार गठन भएको र परिस्थितिले देशलाई अर्के अवस्थामा जानबाट रोकपनि फागुन २१ गतेसम्मको समय उत्तम नरहेको उनको भनाई छ । गत भदौ २२ गते लागेको सूर्य ग्रहण जस्तै फागुन २० गतेपनि ग्रहण रहेकाले यो बीचको समयमा सरकार प्रमुखले विचार गरेर मात्रै निर्णय गर्दा उत्तम हुने उनले बताए ।
अहिलेको संविधान धर्म नभएको संविधान भएकाले संविधान संसोधन हुनै पर्ने बताउँदै उनले देश ढिलो चाँडो हिन्दुराज्यको पुनः घोषणा हुने उनले दाबी गरे । यो वर्ष देशले भौतिक र मानवीय क्षति व्यहोरेपनि देशमा नयाँ परिवर्तन र सुशासनको सुरुवात भएको जनाउँदै उनले भ्रष्ट्राचारी ढिलो चाँडो कारवाहीको भागिदार हुने बताए ।




प्रतिक्रिया