काठमाडौँ, असोज १३ । यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष विजयबहादुर स्वाँरले दशैँ, तिहार र छठ पर्व मनाउन करिव १५ लाख यात्रु उपत्यकाबाट बाहिरएको बताएका छन् । फूलपातीको दिनबाट सरकारी तथा विभिन्न नीजि क्षेत्रका कार्यालय बन्द भएसँगै उपत्यकाबाट बाहिरिने नाकामा यात्रुको भिड बढेको उनले जानकारी दिए ।
उनले भने, “छिन भरमै बिग्रने बाटोको अवस्थाका कारण अहिले यात्रुले सास्ती भोग्ने गरेका छन् । सोमबार बिहानसम्म देशभरका मुख्य सडक दुईतर्फी रुपमा निर्वाध सञ्चाल भइरहेका छन् । पहिरोका कारण दुई काठमाडौँ–नारायणगढ सडक बन्द हुँदा सार्वजनिक बसको अभाव भएपनि अहिले उल्लेख्य सङ्ख्यामा सार्वजनिक बस ओहोर–दोहर गरिरहेका छन् । यात्रुहरु सुरक्षित साथ गन्तव्यतर्फ लागेका छन् ।’
यसवर्ष तुईन खोलाको सुख्खा पहिरोका कारण यात्रुले सास्ती भोग्नुपरेको उनले बताए । छिन भरमै बिग्रने बाटोका कारण सास्ती भोग्नुपरेको बताउँदै उनले सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी मिलेर यात्रुलाई सुरक्षित रुपमा गन्तव्यतर्फ पु¥याउने काम हुँदै आएको बताए ।
देशका विभिन्न क्षेत्रबाट अध्ययन, व्यापार र रोजगारीको लागि काठमाडौँ आएका व्यक्तिहरू दसैँ मनाउन घर फर्किनेको घुइँचोले थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकामा सवारीको बाक्लो ओहोर दोहार भइरहेको उनले जानकारी दिए ।
पछिल्लो समय काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाख जनाको हाराहारीमा यात्रुहरू बाहिरिन थालेका छन्। त्यस्तै, ३० हजार हाराहारी यात्रु काठमाडौं भित्रिने गरेका छन् ।




प्रतिक्रिया