काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्ने बताएका छन् । उनले संविधान मुलुकको सर्वोच्च कानून भएकोले कुनैपनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्ने बताएका हुन् ।
बडा दशैं २०८२ को शुभकामना जारी गर्दै देउवाले संविधानबाटै मुलुकका सबै जटिलताको समाधानको साथै स्थिरता र प्रगति सुनिश्चित् रहेको स्पष्ट पारेका छन् । नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा सबैको योगदान अनिवार्य रहेको पनि उनले उल्लेख गरेका छन् ।




प्रतिक्रिया