काठमाडौं, १३ असोज । जेन-जी आन्दोलनको क्रममा घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका–२ का ३६ वर्षीय लक्ष्मण राईको निधन भएका छ ।
काठमाडौंको ट्रमा सेन्टरको आईसियुमा उपचार गराईरहेका राईको निधन भएको हो । राईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि जेनजी आन्दोलनका अगुवाहरु समेत पुगेका थिए । हामी नेपालका संयोजक सुदन गुरुङले नेपालको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।




प्रतिक्रिया