काठमाडौं, १३ असोज । वेस्ट इन्डिजसँगको टी २०आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल ९१ रनले विजयी भएको छ । नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य वेस्ट इण्डिजले भेट्याउन सकेन । लगातार दोस्रो जितसँगै नेपालले सिरिज हात पारेको हो ।
दुवईको शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन जोडेको थियो । वेस्ट इण्डिज १७.१ ओभरमा नै अलआउट भएको हो ।




प्रतिक्रिया