काठमाडौं, १४ असोज । जेन–जी आन्दोलनका घाइते सञ्जीव झाले भदौ २३ गते भएको जेन–जी आन्दोलन आन्दोलनमात्रै नभएर जनविद्रोह भएको बताएका छन् । तर, यो आन्दोलनको केही उपलब्धि नहोस भनेर राजनीतिक दलका भातृ संगठन र विदेशी एजेन्ट घुसेर आन्दोलनलाई नै बर्वाद पारिएको उनको आरोप छ। उनी भदौ २४ गते कालिमाटीमा प्रहरीको दमनको कारण घाइते भएका हुन् ।
उनको उपचार काठमाडौंको वयोधा अस्पतालमा भएको हो । अहिले उनको स्वास्थ्य अवस्था राम्रो रहेको छ । आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले विश्वकै इतिहासमा भदो २३ गतेको आन्दोलनले एउटा मानक बनाएको र आँधीबेहरी सिर्जना गरेको सुनाए ।
उनले भने,‘त्यो आन्दोलन सम्पूर्ण राजनीतिक दल र सम्पूर्ण शक्तिहरुको विरुद्धको आन्दोलन थियो ।’ उनले आफूहरु अहिलेको व्यवस्था परिवर्तनको लागि नै सडकमा उत्रिएको बताए । व्यक्ति परिवर्तन गरेर व्यवस्था उही राख्दा आन्दोलनलाई धोका भएको उनको निश्कर्ष छ ।




प्रतिक्रिया