मलाई जातिवादी भन्नेहरू आँफै जातिवादी हुन् : हर्क साम्पाङ


काठमाडौं, १४ असोज । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले आफूलाई जातिवादी भन्नेहरु नै जातिवादी भएको आरोप लगाएका छन् । उनले आफूलाई हर्कवादी र श्रम संस्कृतिवादी भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय साम्पाङले आफूलाई जातिवादी भन्नेहरुलाई उल्टै जातिवादी भनेका छन् । उनले आफू संस्कृतिलाई मााया गर्ने व्यक्त भएको पनि उल्लेख गरेका छन् ।

अरुको संस्कृतिलाईपनि आफूले सम्मान गरेको उनको भनाई छ । तर, जातीय विभेदको विरुद्धमा भने आफू खरो रुपमा उत्रिने उनको चेतावनी छ ।