काठमाडौं, १४ असोज । वेस्ट इन्डिजविरूद्ध T20I सिरिजको अन्तिम खेलमा नेपालले १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ। खेल युएईको शारजाह रंगशालामा भैरहेको छ । यसअघिका दुई खेल नेपालले जितिसकेको छ । सिरिजको अन्तिम खेलमा नेपालले १० विकेट गुमाएर १२२ रन बनाएको हो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले १९ रन जोडे । यस्तै, कुशल मल्लले १२ र आरिफ शेखले ६ रन बनाए। गुल्शन झाले १० रन र आदिल आलमले ३ रन बनाए । यस्तै, सन्दीप जोरा १४ रन, लोकेश बम १० रन र सोमपाल कामी ४ रन बनाएर आउट भएका थिए।
यो समाचार तयार पार्दासम्म वेष्ट इन्डिजले जवाफी ब्याटिङ सुरु गरेको छ । ३.२ ओभरमा बिना विकेट ३७ रन जोडिसकेको छ । अहिले अमिर जांग्बो र अकिम अगस्तेले ब्याटिङ गरिरहेका छन् । अकिमले ३ चौका र एक छक्का हिर्काएका छन् ।




प्रतिक्रिया